काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहित लैनचौरस्थित सभामुख निवास पुगेका अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाबीच एमसिसीका विषयमा पार्टीको धारणालगायत समसामयिक विषयमा छलफल भएको छ।
प्रचण्डले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसिसीलाई संयुक्त पत्र पठाउँदै एमसिसी अनुमोदन गराउने प्रतिबद्धता गरेका थिए। तर, माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसीका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। जसमा माओवादीेले दोहोरो चरित्र देखाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
सरकारको नेतृत्वकर्ता दल कांग्रेसले एमसिसीलाई संसदबाट टुंगो लगाउन जोडबल गरिरहेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक भेटेर एमसिसी पास गर्न हारगुहार गरिरहेका छन् ।