Media Network

माओवादी अध्यक्ष दाहाल अस्पतालबाट फिर्ता


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०७८,आईतवार

काठमाडौँ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् ।

देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनि स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतका कार्यक्रमपछि अस्वस्थ भएका थिए  ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद