Media Network

माओवादी छाडेर रंगेलीका प्रमुख र उपप्रमुखले गरे एमाले प्रवेश


खबरस्टोरी संवाददाता

२५ फाल्गुन २०७८,बुधबार

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित मोरङको रंगेली नगरपालीका प्रमुख र उपप्रमुखले नेकपा एमालेमा प्रवेश गरेका छन् । 

बुधबार मोरङमा एमालेले आयोजना गरेको एक कार्यक्रममा नगर प्रमुख दिलीप बगडिया र उपप्रमुख केशवकुमारी खराललाई एमाले अध्यक्ष ओलीले फूलमाला तथा अबिरसहित खादा ओडाएर पार्टी प्रवेश गराएका हुन् । 

बगडियालाई मंगलबार मात्रै माओवादी केन्द्र प्रदेश नम्त्रर एक ले एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य नरहने गरी कारबाहि गरेको थियो । माओवादीले उनलाई निरन्तरूपमा पार्टी विरूद्ध गतिविधि गर्दै आएको भन्ने आरोप लगाएको थियो । परन्तु खराललाई भने पार्टीले कारबाही गरेको थिएन् । 

बगडीया माओवादी हुनुभन्दा अघि नेपाली काङ्ग्रेसमा आबद्ध रहेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद