Media Network

माओवादी केन्द्र गण्डकीकोअध्यक्षमा गुरुङ


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७८,सोमबार

कास्की । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् ।

प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उनका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो । 

अध्यक्षमा चयन भएकी नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुन् । उनी अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहेका छन् । 

गण्डकी प्रदेशको पार्टी संगठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरिन् । अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छ । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन् ।

माओवादी केन्द्रले मङ्सिर २५ गते एकै दिन ७ भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको सम्मेलन आयोजना गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद