उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यौं यो पनि समान्य थिएन । यी सबै कुरामा हामी अघि बढेर देशलाई निकास दिने काम गर्यौं । अहिले पनि हामी जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था छ ।’ उनले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने बेलामा पनि देश नै संकटमा पर्ने अवस्था आएको र उक्त संकट समाधान गर्न एमसीसी पास गरेर संकटमोचन गरेको बताए । शनिवार नुवाकोटमा स्व. पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् ।