Media Network

माओवादी केन्द्रको बैठक आज पनि स्थगित


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रीय समितिको बैठक सरेको छ । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक स्थगित भएको हो। उक्त  बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । 

अब यस बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद