माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


खबरस्टोरी संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँ । माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । 

हाल संसद बैठक जारी रहेको र अन्य विषयहरु मिलाउनु पर्ने भएको कारणले अनिश्चित कालको लागि भर्चुअल माध्यमबाट आज साँझ बस्ने भनिएको पर्टीको केन्द्रीय समितिको बैठक अनिश्चित कालको लागि स्थगित भएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी गराएका छन् । 

बिहिवार पार्टी बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण प्रशिक्षण दिए पछि माओवादीले आजको लागि केन्द्रीय समितिको बैठक बोलाएको थियो । 

स्थानिय तहको निर्वाचन पछि पहिलो पटक बस्न लागेको माओवादीको यो केन्द्रीय समितिको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचनको समिक्षा र पार्टी केन्द्रीय समिति र पदाधीकारीहरुलाई पूर्णता दिने विषयमा छलफल हुने अनुमान गरिएको थियो ।