माओवादी केन्द्रले कार्यकर्ताबाट एक सय रूपैयाँ उठाउने


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
माओवादी केन्द्रले कार्यकर्ताबाट एक सय रूपैयाँ उठाउने
काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रत्येक सदस्यबाट एक सय रूपैयाँ उठाउने भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आइतबार बिहान बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले वार्षिक एक सय रूपैयाँ उठाउने निर्णय गरेको हो।

पार्टी सञ्चालनका लागि माओवादीले उक्त रकम खर्च गर्नेछ।

माओवादीले नेता तथा कार्यकर्ता गरी देशभर पार्टीमा हाराहारी आठ लाख सदस्य रहेको बताउने गरेको छ।