माओवादी केन्द्रको पूर्व स्थायी कमिटी बैठक स्थगित


खबरस्टोरी संवाददाता
२१ जेष्ठ २०७९, शनिबार
माओवादी केन्द्रको पूर्व स्थायी कमिटी  बैठक स्थगित
काठमाडौँ।  नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वस्थायी कमिटी सदस्यहरूको बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ ।  बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो ।

पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान ८ बजे बस्‍ने भएको जानकारी दिए । 

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा चुनावको समिक्षा हुने नेताहरुले बताएका छन् ।