Media Network

माओवादी केन्द्रले थप्यो केन्द्रीय सदस्य


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति थप गरेको छ ।गत पुसमा भएको आठौँ महाधिवेशनबाट अपूरो नेतृत्व चयन गरेको माओवादीको आइतवारदेखि सुरु तेस्रो केन्द्रीय समिति बैठकले नेतृत्वलाई पूर्णता दिएको छ। यद्यपि महासचिवसहितका पदाधिकारीको भने टुंगो गर्न बाँकी छ।

माओवादीले यसअघि २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। अहिले केन्द्रीय समितिलाई २९९ सदस्यीय बनाइएको छ।

त्यसैगरी माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनालाई आइतवार मनोनीत गरेर शपथ दिलाइएको छ। 

यो बैठकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६, जनता समाजवादी पार्टी (जसपा)बाट पार्टी प्रवेश गरेका तीनजनालाई पनि केन्द्रीय सदस्य बनाइएको छ। 

ओमप्रकाश पुन, रमेश परियार, धनबहादुर महर्जन, कृष्ण अधिकारी, दलबहादुर धामी र शंकरबहादुर खड्कालाई केन्द्रीय सदस्य बनाएको छ।

माओवादीले ललितपुरका गंगा पराजुली, दिनेश महर्जन र राजकाजी महर्जनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ।यस्तै घनश्यामप्रसाद रजक, मनहरि तिमल्सिना पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्।भने अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह पनि केन्द्रीय सदस्यमा मनोनित भएकी छन् ।

पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ जनाको केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सय सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ।बैठक सोमबार र मंगलबार पनि जारी हुनेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद