Media Network

माओवादी केन्द्रले देशभरका १५ सय अधिक प्रतिनिधिसहित राष्ट्रिय सम्मेलन गर्दै (कहाँबाट कति आउने सुचीसहित)


खबरस्टोरी संवाददाता

७ पुष २०७८,बुधबार

काठमाडौ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा देशभरबाट जम्मा १,५३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।माओवादी केन्द्रका अनुसार आयोजक समितिका १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १०२ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् ।त्यस्तै प्रदेशहरुबाट छनोट भएर आएका ८०३ जना र ७३ जना मनोनीत हुनेछन् । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते हुँदैछ ।

प्रदेश प्रतिनिधिहरु प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, वागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरुबाट ४३ जना छनोट हुनेछन् ।


सम्मेलनको लोगो सार्वजनिक

माओवादी केन्द्रले सम्मेलनको लोगो सार्वजनिक गरेको छ । केन्द्रले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन भन्ने मुल नाराका साथ पार्टी अध्यक्ष प्रचण्डको फोटो सहितको लोगो सार्वजनिक गरेको हो ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद