माओवादी केन्द्रमा अर्न्तघात छानबिनका लागि ३ सदस्यीय समिति गठन


खबरस्टोरी संवाददाता
२५ असार २०७९, शनिबार
माओवादी केन्द्रमा अर्न्तघात  छानबिनका लागि ३ सदस्यीय समिति गठन
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा भएको अर्न्तघात छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

आज बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा सो समिति गठन गरेको हो । समितिमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् । 

स्थानीय निर्वाचनमा अन्तर्घात भएको कुरा केन्द्रीय समितिको बैठकमा उठेपछि समिति गठन गरेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।त्यस्तै, पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि पनि सुझाव समिति गठन गरेको छ ।