काठमाडौं । सत्तारुढ (नेकपा माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आइतबार पनि बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरिएको विषयमा माओवादी केन्द्रम विवाद छ ।
पार्टीको महाधिवेशनको निर्णय विपरित एमसीसी अनुमोदन गरिएको भन्दै बरिष्ट नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रचण्डको आलोचना गरेका छन् । श्रेष्ठले पार्टी नेतृत्वप्रति लिखित रुपमै आलोचना गरेका छन् ।
केन्द्रीय समिति बैठकको पहिलो दिन नै शुक्रबार पार्टी प्रवक्ता कृष्णबहादुर महरा, माओवादी संसदीय दलका सचेतक देव गुरुङ तथा स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसीबारे अध्यक्ष प्रचण्डलाई लिखित रुपमै फरकमत राखेका छन् ।
बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उनले बताए ।
माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । शुक्रबार अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता श्रेष्ठले मात्रै धारणा राखेका थिए ।
ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।