Media Network

माओवादी केन्द्रीय समिति बैठक आज सकिने


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी रहने भएको छ । मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ ले प्रतिवेदनमा उठेका प्रश्नहरुमाथि जवाफ दिने कार्यक्रम रहेको छ । 

प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिन लागेका हुन् । सोमबारको बैठकमा केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग पनि उठेको छ । अध्यक्षले प्रचण्डले जवाफ दिएपछि पार्टी निर्णयहरु गर्दै मंगलबार नै बैठक सकिने छ । 

केन्द्रीय समितिको बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका छन् । 

बैठकमा केन्द्रीय सदस्य थपिएकोबारेमा नेताहरुले आलोचना र घोचपेच गरेका छन् । नेताहरुले धारणा राख्ने क्रममा पार्टीले दश ठाउँ चहारेर आएकाहरुलाई केन्द्रीय सदस्य बनाइएकोदेखि पार्टी भ्रष्टहरुको अखडा भएकोसम्म गुनासो गरेका छन् । 

आइतबारबाट सुरु भएको बैठकको दोस्रो दिन सोमबार ४६ जना नेताहरूले धारणा राखेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद