Media Network

माओवादी केन्द्रीय समिति बैठक सुरू, नारायणकाजी श्रेष्ठ पनि सहभागी


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

काठमाडौं।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु भएको हो । आज  बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताहरुको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु गरिएको हो । 

माओवादीको आजको केन्द्रीय समिति बैठकको प्रमुख एजेण्डा  पदाधिकारी चयन रहेको छ । त्यस्तै, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदनपछि बढेको आन्तरिक असन्तुष्टीले बैठकमा प्रवेश पाउने बताइएको छ ।

एमसीसीमा असन्तुष्ट नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरुले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् ।

त्यस्तै बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएको श्रेष्ठ निकट स्रोतले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद