Media Network

माओवादी केन्द्रीय समिति बैठक स्थगित


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबारदेखि शुरु भएको बैठक मंगलबार सकिने भनिए पनि पदाधिकारी टुंग्याउनेबारे छलफल गर्न भन्दै केन्द्रीय समिति बैठक स्थगित गरिएको छ । 

मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ ले प्रतिवेदनमा उठेका प्रश्नहरुमाथि जवाफ दिने कार्यक्रम रहेको थियो । 

सोमबारको बैठकमा केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग पनि उठेको छ ।

केन्द्रीय समितिको बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका छन् । 

बैठकमा केन्द्रीय सदस्य थपिएकोबारेमा नेताहरुले आलोचना र घोचपेच गरेका छन् । नेताहरुले धारणा राख्ने क्रममा पार्टीले दश ठाउँ चहारेर आएकाहरुलाई केन्द्रीय सदस्य बनाइएकोदेखि पार्टी भ्रष्टहरुको अखडा भएकोसम्म गुनासो गरेका छन् । 

आइतबारबाट सुरु भएको बैठकको दोस्रो दिन सोमबार ४६ जना नेताहरूले धारणा राखेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद