Media Network

माओवादी कसैको वैशाखी टेकेर चुनाव लड्दैन : प्रचण्ड


खबरस्टोरी संवाददाता

६ चैत्र २०७८,आईतवार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा चुनाव लड्ने बताएका छन् ।  

प्रचण्डले अबको निर्वाचनमा माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको दावी समेत गरेका छन् । देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताए ।

'२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले । कहिले १० सिटसम्म भन्थे । तर, झण्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो' प्रेस सेन्टर कास्कीले पोखरामा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने ।

उनले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको  अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताए । सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उनको भनाइ छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद