माओवादी महाधिवेशन : बन्दशत्र जारी, ७ सदस्यीय अध्यक्षमण्डल गठन


खबरस्टोरी संवाददाता
१२ पुष २०७८, सोमबार
माओवादी महाधिवेशन : बन्दशत्र जारी, ७ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ। 

नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जनलाई अध्यक्षमण्डलमा राखिएको छ । नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका नामलाई हलले अनुमोदन गरेको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा माओवादीको बन्दसत्र सञ्चालन भएको छ। बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन, विधान लगायत दस्तावेज पेश हुनेछन्।