माओवादी स्थायी समिति ४१ सदस्यीय बन्यो


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
माओवादी स्थायी समिति ४१ सदस्यीय बन्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ। विहीबार प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका हुन्। 

तत्कालीन नेकपाकालीन १५ जना र अहिले थपिएका २६ जनालाई समेटेर ४१ सदस्यीय स्थायी समिति बनेको बताएका हुन्।केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कूल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति बन्ने विधानको व्यवस्था अनुसार प्रचण्डले स्थायी समिति तोकेका हुन्। 

माओवादीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित १५ सदस्यीय पदाधिकारी, ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो।

स्थायी समिति सदस्य

१. पुष्पकमल दाहाल ’प्रचण्ड’ 

२.नारायणकाजी श्रेष्ठ

३. कृष्णबहादुर महरा

४. उर्मिला अर्याल

५. पम्फा भुसाल

६. हरिबोल गजुरेल

७. गणेश शाह

८. देव गुरुङ

९. वर्षमान पुन

१०. जनार्दन शर्मा

११. दीनानाथ शर्मा

१२. सुरेश आलेमगर

१३. वामदेव क्षेत्री

१४. पूर्णकुमारी सुवेदी

१५. गिरिराजमणि पोखरेल

१६. चक्रपाणी खनाल

१७. मात्रिका यादव

१८. देवेन्द्र पौडेल

१९. लीलामणि पोखरेल,

२०.शक्ति बस्नेत

२१. जयपुरी घर्ती

२२. शशि श्रेष्ठ

२३. हितमान शाक्य

२४. अमृता थापा

२५. ओनसरी घर्ती

२६. राम कार्की

२७. कालीबहादुर मल्ल

२८. खगराज भट्ट

२९. प्रह्लाद बुढाथोकी

३०. भरतप्रसाद साह

३१. महेन्द्रबहादुर शाही

३२. यशोदा गुरुङ

३३. रेखा शर्मा