Media Network

माओवादी धारहरु एक हुन आवाश्यक छ : प्रचण्ड


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले माओवादी धारहरु एक हुन आवाश्यक रहेको बताएका छन् । 

आज पेरिस डाँडा स्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले बिगतमा क्रान्तीको लागी बाहिरिएका माओवादीका केही साथीहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेको जानकारी दिए । अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य सहितका ५२ जना नेता कार्यक्रतालाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराएका छन् । पुन सहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियार लगायतका नेताहरुले गतसाता नेकपाबाट सामुहिक राजिनामा दिएर बसेका थिए । 

पुन महाकाली ब्युरो इन्चार्ज हुन् भने पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्युरो इन्चार्ज हुन् । त्यसैगरी धामी महाकाली इन्चार्ज हुन् । पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज रहेका परियार हाल बिशेष कमिटी सदस्य रहेको माओवादी केन्द्रले बताएको छ ।
  

Share:
Reaction :
ताजा समाचार
खेलकुद