Media Network

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम सुरू


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र) ले पार्टीको तर्फबाट नवनिर्वाचित स्थानिय तहका जनप्रतिनिधिहरुलाई दिने भनेको अभिमुखीकरण तालिम कार्यक्रम सुरु भएको छ । 

बुधवार केही समय अगाडि काठमाडौँस्थित कुमारी हलमा माओवादी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले कार्यक्रमको उद्घाटन गरेपश्चात् उक्त कार्यक्रम सुरु भएको हो । 

माओवादीले पार्टी बाट निर्वाचित स्थानिय तहका १२१ प्रमुख र १२८ जना उपप्रमुख सहित पार्टीका प्रदेश इन्चार्ज, सह–इन्र्चाज, अध्यक्ष लगायत जिल्लाका नेताहरुलाई सत्ता र पार्टी सञ्चालनको विषयमा २ दिने अभिमुखीकरण/प्रशिक्षण तालिम दिन लागेको हो । 




यो प्रशिक्षण कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड सहित शिर्ष नेताहरु र अन्य विज्ञहरुले प्रशिक्षण दिने र बिहिवार माओवादीका नेता नारायण काजी श्रेष्ठले प्रशिक्षण सहित कार्यक्रमको समापन गर्ने कार्यक्रम रहेको माओवादी निकट उच्च स्रोतले जानकारी दिएको छ ।  

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद