Media Network

माओवादीको बन्दसत्रमा गुन्जिएको त्यो गीत ‘‘ अगर इस जमी पे प्रचण्ड ना होता ”


खबरस्टोरी संवाददाता

१८ पुष २०७८,आईतवार

काठमाडौ । यतिबेला सत्ताधारी दल नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्रको आठौ राष्ट्रिय महाधिवेशनमा काठमाडौमा जारी छ । आफ्नो महाधिवेशनमा मास नउतारेको माओवादी केन्द्रको १५ सय अधिक कार्यकर्तामाझ प्रज्ञा भवनमा बन्दसत्र चलिरहेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ४५ पृष्ठ लामो प्रतिवेदनमा व्यापक छलफल चलिरहदाँ फरक मतसहित दाहालको प्रतिवेदनको पुर्णत खण्डन गरेका छन् विधार्थी नेता लेखनाथ न्यौपानेले ।नेता न्यौपानेले छुटै दश बँुदे फरक मत राख्दै खुल्ला रुपमा नै पार्टी अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनमार्फत उनको प्रवृति र स्वभावप्रति असहमति राखेका छन् । पार्टीमा व्यक्तिवादी प्रवृति हाबी भएको, पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन, अकुत सम्पत्ति थुपारेको, बदलिदो जिवनशैली लगायत हरेक पटक सरकारमा सहभागी रहेर पनि जनअपेक्षाकृत कामहरु गर्न नसकेको भन्दै असहमतिको बुदाँगत रुपमा नै उल्लेख गरेका छन् नेता न्यौपानेले ।

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बा प्रवृति पार्टी अध्यक्षमा समेत देखिन थालेको भन्दै दाहालको चर्को आलोचना गरेका छन् । दलाल पुँजीबादको विरोध गर्ने अर्कोतिर त्यहि दलाल पँुजीवादकै घोडा चढेर अघि बढ्ने कुरा वास्तममा नै आत्मरती भएको समेत प्रतिवेदनमा उल्लेख गरेका छन् ।

एमालेमा नेता केपी ओलीको देवत्वकरणको विरोध गर्नेहरु यतिबेला यता पनि मौलाउदै गएको सो प्रवृतिको विरोध किन गरिदैन ? शहिदहरु अट्नुपर्ने होडिङ्घ बोर्डमा फेरि सशरीर उपस्थित भएका हाम्रा नेता ठुला ठुला बोर्ड कस्को आदेशमा झुण्डाइए यस्तै यस्तै उठान गरिएका विषयवस्तुसहितको बन्दसत्र हलमा यतिबेला न्यौपानेले पार्टी अध्यक्षविरुद्व दिएको काउन्टर अट्याकको व्यापक चर्चा परिचर्चा चलिरहेको छ । 

नेता न्यौपानेको फरक मतमा देवत्वकरणको विषय अत्यन्त चोटिलो तरिकाले प्रस्तुत गरिएतापनि बन्दसत्रको हलमा प्रस्तुत गरिएको साङ्घितिक प्रस्तुती उनैले भनेको जस्तो अगर इस जमी पे प्रचण्ड ना होता सोहि शैलीमा गुन्जिन भने छाडेको थिएन् ।

यतिबेला पार्टी अध्यक्ष प्रचण्डमाथि एकदमै प्रेशर रहेको उनी निकट नेताहरु बताँउछन् । पार्टी पदाधिकारीदेखि लिएर पार्टीलाई गति दिनका लागि आवश्यक कार्यदिशा अनि नेतृत्वलाई सहि तरिकाबाट परिचालन गर्न उनलाई एकदम सकस परेको देखिन्छ ।

उनी निकट नेता कृष्णबहादुर महरा पछिल्लो समयमा यौन काण्डमा मुछिएपछि उनीमाथि एकखालको नैतिक दबाब देखिन्छ, त्यसँसगै अर्का नेता बर्षमान पुन उपचारका लागि विदेशमा छन्, उनी पनि स्वास्थ्यका कारण पार्टीको कार्यकारी भुमिकामा रहेर कार्यसम्पादन गर्न सक्षम होलान् भनेर आँकलन गर्न कठिन नै छ । अर्की महिला नेतृ पम्फा भुसालभन्दा पनि यतिबेला पार्टी अध्यक्ष पछिको महत्वपुर्ण महासचिवको भुमिकामा बलियो दाबेदार जनार्दन शर्मा प्रभाकर नै देखिएका छन् । यधपी सम्बन्धित प्रदेश प्रतिनिधिहरुले नै केन्द्रिय सदस्यको चयन गर्ने र पुन बिशेष अधिवेशन गर्ने गरि आठौ महाधिवेशन भने टुङ्घिने भएको छ ।



 









 


Share:
Reaction :
ताजा समाचार
खेलकुद