असार १९ गतेदेखि जारी प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार १२५ सदस्यीय पोलिटब्युरो घोषणा गरेको हो ।पोलिटब्युरोको वरीयताको पहिलो नम्बरमा प्रचण्डकै नाम छ। त्यसपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र तेस्रो नम्बरमा पूर्व सभामुखसमेत रहेका कृष्णबहादुर महराको नाम रहेको छ।
माओवादीले गत पुसमा काठमाडौंमा आठौं महाधिवेशनबाट अपूरो केन्द्रीय कमिटी बनाएको थियो। पार्टी अध्यक्ष प्रचण्डमाथि अहिले स्थायी कमिटी, पोलिटब्युरो, र महासचिवसहितका पदाधिकारी निर्माणको चर्को दबाब छ ।