Media Network

माओवादीले थप गर्‍यो ९७ केन्द्रीय सदस्य


खबरस्टोरी संवाददाता

२३ फाल्गुन २०७८,सोमबार

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गरेको छ । आज बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले  ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो ।

जसमध्ये क्रान्तिकारीका ६ जना निवर्तमान विद्यार्थी नेता परेका छन् । क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ, सो कमिटीका उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटा, लितकराज भण्डारी र महासचि उत्तम अधिकारी सहित ६ जना केन्द्रीय सदस्य चयन भएका हुन् । 

यस्तै पूर्व अध्यक्षहरु रमेश मल्ल र नरेन्द्र न्यौपाने नेताहरु रत्न ढकाल लगायत पनि केन्द्रीय सदस्य चयन भएका छन् । सो संख्या माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाचन गरिरहेका छन् ।

यसअघि पार्टीको पुस ११ गते देखि १३ गतेसम्म भएको आठौं महाधिवेशनले २४७  सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । पार्टीको जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद