Media Network

'मेरो विजयलाई राजसंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ'


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो जितलाई राजसंस्थासँग जोडिएकोप्रति खेद प्रकट गरेका छन् । आज (सोमबार) पदभार ग्रहण गर्दै उनलेले आफ्नो विजयलाई राजसंस्थासँग जोडिनु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताएका हुन् ।

अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा हारेपछि कमल थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत  पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको भनि असन्तुष्टि व्यक्त गरेका थिए  । पत्रकारहरुले यसै विषयलाई लिएर गरेको प्रश्नमा लिङ्देनले भने, ‘मेरो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यो महाधिवेशन प्रतिनिधिप्रतिको अविश्वास हो ।’

त्यस्तै लिङ्देनले राप्रपाका पूर्वअध्यक्षहरु बस्ने गरेको कोठाभन्दा बाहिरको अर्कै कोठामा पदभार ग्रहण गरेका छन् । त्यसबारे राखिएको जिज्ञासामा उनले पूर्वअध्यक्ष कमल थापाका लागि सो कोठा र कुर्सि आफूले राखिदिएको बताए । त्यस्तै उनले अबका दिनमा पार्टीलाई मिलाएर लैजाने बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद