Media Network

मर्यादा विपरित देउवा भाजपा मुख्यालयमा


खबरस्टोरी संवाददाता

१९ चैत्र २०७८,शनिबार

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुगेका छन् । देउवा राजनीतिक मर्यादा विपरित प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक पार्टी कार्यालयमा पुगेका हुन् । 

तीन दिनको भ्रमणका लागि शुक्रवार भारत पुगेका देउवा विमानस्थलबाट विदेशमन्त्री एस जयशंकरसँग भेटपछि भाजपाको मुख्यालय पुगेका छन् । पार्टी कार्यालयमा देउवालाई भाजपाका अध्यक्ष जगत प्रकाश नड्डाले स्वागत गरेका थिए ।

५० सदस्य टोलीका साथ देउवा शुक्रवार भारत भ्रमणमा गएका हुन् । उनले शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद