Media Network

मंसीर २८ मा नयाँ पार्टी घोषणा गर्दै हृदयेश त्रिपाठी


खबरस्टोरी संवाददाता

२४ मंसिर २०७८,शुक्रबार

काठमाडौँ। पूर्व मन्त्री तथा सांसद हृदयेश त्रिपाठीले आउँदो साता आफ्‍नै नेतृत्वमा नयाँ पार्टी घोषणा गर्ने भएका छन् । पछिल्लो समय स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहेका सांसद त्रिपाठीले २८ मंसीरमा नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। 

नयाँ पार्टीको नाममा ‘जनता प्रगतिशील पार्टी (जप्रपा), नेपाल’ रहने भएको छ। तर, उनको पार्टीमा सामेल हुने नेताहरुका नाम चाहिँ खुलाइएको छैन । पार्टीको नाम, झण्डा, लोगो र दस्तावेज तयार भएको त्रिपाठीले बताए। 

उनी २०७४ सालको प्रतिनिधि सभा चुनावअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट अलग भएका थिए। उनी नेकपा (एमाले)सँग मिलेर सूर्य चिह्नबाट चुनाव लडेका थिए। त्यसयता स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहँदै आएका उनले अब भने नयाँ पार्टी बनाउन लागेका हुन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद