शाहीको टाउकोमा गम्भीर चोट लागेको थियो । सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको थियो । तर शल्यक्रिया गर्ने उपकरण नभपछि नेपालगन्जको नर्सिङ होम पठाएको मृतक शाहीका आफन्तले जानकारी दिए ।
घाइते शाहीलाई सुर्खेतमा पनि उपचार सम्भव नभएपछि नेपालगन्जको नर्सिङ होममा उपचार गर्ने क्रममा चार दिनपछि मृत्यु भएको मृतकका छोरा सागर शाहीले बताए ।
शाहीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जनाकारी दिए । अन्य दुई जनाको भने अस्पतालमै उपचार भइरहेको छ । सोही घटनालाई लिएर नेकपा एमालेले खार्पुनाथ गाउँकमिटीले शोक विज्ञप्ति निकालेको छ ।
घटनाको यथार्थ छानबिन गरी संलग्नहरूलाई कारबाही गर्न एमालेले माग गरेको छ । मृतकका आफन्तले सो घटनामा संलग्न ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरीसमेत दिएका छन् । प्रहरीले जाहेरी आएको र अब घटनामा संलग्नको खोजीकार्य सुरु भएको जनाएको छ ।