Media Network

मिटरब्याजी तेलीलाई पक्राउ गरी अुसन्धान प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्रीको निर्देशन


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अुसन्धान प्रक्रिया अघी बढाउन निर्देशन दिएका छन् । 

सप्तरीमा तेलीले आर्थिक अवस्था कम्जोर भएका नागरिकहरुलाई ऋण दिएर चर्काे ब्याज असुलेको सूचना सार्वजनिक भएको र शुक्रबारको प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरुले तेलीलाई कारबाही गर्न माग गरेपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको बालुवाटार निकट उच्च स्रोतले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद