प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ तथा कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो।
प्रदेशसभा सदस्यहरूले बजेटको छलफलमा उठाएका प्रश्नहरूको अर्थमन्त्री साहले सदनमा जवाफ दिएपछि बजेट पास गरिएको हो।
मधेस प्रदेशका अर्थमन्त्री साहले असार १ मा आव २०७९/०८०का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए।