Media Network

मधेस प्रदेशसभाको बैठक फेरि सर्‍यो


खबरस्टोरी संवाददाता

८ चैत्र २०७८,मंगलवार

काठमाडौँ।  मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी  गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो । 

यसअघि गत फागुन २२ मा  बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो । बैठक बस्न  ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद