Media Network

मधेस सरकारले जनयुद्धका सहिद परिवारलाई मासिक २१ हजार दिने


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौँ। मधेस प्रदेश सरकारले मधेस आन्दोलन र माओवादी केन्द्रको १० वर्षे जनयुद्धमा सहिद भएकाको परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग गर्ने भएको छ । 

सरकारले मधेसी सहिद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै सहीदका छोराछोरीलाई अध्ययनका लागि छात्रवृत्तिसमेत दिन लागेको हो ।

कार्यविधिअनुसार मधेस आन्दोलन तथा जनयुद्धमा सहिद भएकामध्ये आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार प्रदान गरिने बताइएको छ ।

यस्तै, सहिदका छोराछोरीलाई कक्षा १ देखि ६ सम्म अध्ययन गर्न १६ हजार र ७ देखि १२ सम्मको अध्ययन गर्नेलाई १८ हजार वार्षिक रूपमा एकमुष्ठ छात्रवृत्ति दिइने समेत मन्त्री साहले जानकारी दिए  ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद