Media Network

माधव नेपालको पार्टीले सदनमा एमसीसी टेबल गर्न दिने


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न दिने निर्णय गरेको छ ।

एकीकृत समाजवादी स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने र आफुहरु एमसीसीको विपक्षमा नै रहेको बताएको छ ।बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुने गरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । नेकपा (एकीकृत समाजवादी)ले सो सम्झौताबारे अध्ययन गर्न झलनाथ खनाल नेतृत्वको कार्यदल नै गठन गरेको थियो । सो कार्यदलले पनि एमसीसीको विपक्षमा नै निर्णय दिएको छ ।

गठबन्धनभित्रैबाट संसदमा टेबल गर्न पनि नदिएको भन्दै कांग्रेसले गठबन्धन तोड्नेसम्मको चेतावनी दिइरहेकाबेला एकीकृत समाजवादी लचिलो बनेको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद