माधव नेपालको दोहोरो नीति, जीवनकै ठूलो गल्तीे – घनश्याम भुसाल


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
माधव नेपालको दोहोरो नीति, जीवनकै ठूलो गल्तीे – घनश्याम भुसाल
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् ।

पार्टी विभाजनअघि नेपाल समूहमै रहेका नेता भुसालले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, “क. माधवको दोहोरो नीति, आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए ।

त्यो भन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिष्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित गर्नुपर्नेछ ।”