Media Network

माधव नेपालले भने- केही मन्त्रीहरूको राजीनामापत्र गोजीमा लिएर हिँडेको छु


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका केही मन्त्रीहरूले दिएको राजीनामा पत्र आफुले गोजीमा बोकेर हिँडेको बताएका छन् । उनले अरू मन्त्रीहरूको पनि राजीनामा पत्र आउने अपेक्षा गरेको बताए ।

एकीकृत समाजवादी सम्बद्ध अखिल नेपाल महिला संघले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘केही मन्त्रीहरूले राजीनामा पत्र मलाई दिएका छन्  । त्यो गोजीमा बोकेर हिँडेको छु । आवश्यक परेको खण्डमा बाहिर ल्याउन सक्छु तर, राजीनामा पत्र नै चाहदैन । हामीले पठाएको पुनर्गठन पत्र नै पर्याप्त छ ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद