Media Network

माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको पेशी चैत २७ मा तोकियो


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको निवेदनमा सर्वोच्चले चैत २७ गतेका लागि पेसी तोकेको छ। ओलीले माधवकुमार नेपालसहित १४ सांसदको पद खारेजीको माग गर्दै रिट दायर गरेका थिए । 

न्यायाधीश अनिल सिन्हा र सुवेदीको इजलासमा पेसी रहेको थियो। न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि आइतबार मुद्दाको सुनुवाइ सारिएको हो । यसअघि इजलासले आजदेखि अन्तिम सुनुवाइ सुरु गर्ने भनी पेसी तोकेको थियो। इजलासमा पक्ष र विपक्ष दुवैका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले आफूले मुद्दा हेर्न नमिल्ने जानकारी गराएका हुन्।




Share:
Reaction :
ताजा समाचार
खेलकुद