सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट गौतम घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए । तर, गठबन्धन दलबीच घोराही उपमहानगर कांग्रेसको भागमा पर्ने भएपछि उनले माओवादी परित्याग गरेका हुन् ।
घोराहीमा माओवादीबाट जिल्ला सहइन्चार्ज हेमराज शर्मालाई मेयर उठाउने तयारी गरिएको छ । शर्मा अध्यक्ष प्रचण्ड र नेता कृष्णबहादुर महरानिकट भनेर चिनिन्छन् ।
गौतमले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गरिँदा पनि असन्तुष्टी जनाएका थिए ।