काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आगामी स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको पार्टी अध्यक्ष शुक्रबहादुर गुरुङले जानकारी दिए । बैठक काठमाडौं कलंकीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्दैछ । नागरिक पार्टीमा ४७ सदस्य केन्द्रीय कार्य समिति छ ।
केन्द्रीय समितिको बैठकमा आगामी निर्वाचनका सन्दर्भमा प्रतिवद्धतापत्र तयार गर्नेदेखि उम्मेदवार चयनकाबारेमा पनि छलफल हुनेछ ।