Media Network

नागरिकता अध्यादेशविरुद्धको रिट सर्वाेचद्धारा खारेज


खबरस्टोरी संवाददाता

२ चैत्र २०७८,बुधबार

काठमाडौँ । सर्वाेच्च अदालतको संवैधानिक इजालसले नागरिकता अध्यादेश विरूद्ध दर्ताभएका रिट खारेज गरेको छ । 

केपी ओली नेतृत्वको सरकारले २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी नागरिकता सम्बन्धी अध्यादेश २०७८ जारी गरेको थियो । उक्त अध्यादेश संविधान विपरित भएको भन्दै केही कानुन व्यावसायिहरूले सर्वाेच्चमा रिट निवेदन दर्ता गरेका थिए । सो समयमा सर्वोच्चले महत्वपूर्ण विषयमा संसदलाई नै छलेर कानुन बनाउन नहुने भन्दै सरकारलाई नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । 

बुधबार कामु प्रधानन्यायाधिस दीपक कुमार कार्की, हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई, मीरा खड्का र इश्वरप्रसाद खतिवडा सहितको संवैधानिक इजालसले सर्वाेच्चअदालतबाट यसअघि अन्तरिम आदेश जारी भए पनि संसदमा प्रतिस्थापन विधेक पेश गर्ने देखि छलफल गर्ने सम्मको कार्य नभएको र संसद सचिवालयको रेकर्डमा यसको कार्य शून्य देखिएको हुनाले उक्त रिट खारेज हुने फैसला सुनाएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद