काठमाडौ । सत्ता गठबन्धनका दलहरु बीच नागरिकता विधेयक अगाडि बढाउने सहमति भएको छ ।
बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका थिए । बजेट पारित भएपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी थालेको छ ।