सिंहदरबारमा आइतबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको बैठकले कानूनी अड्चन फुकाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थालनी गर्न सरकारलाई निर्देशन दिएको हो।
‘राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानूनी प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने,’ समितिको बैठकको निर्णयमा भनिएको छ ।
गत बिहीबार मात्रै सर्वोच्चको वृहत पूर्ण इजलासबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश जारी गरिएको थियो।