सिन्धुली प्रहरीले जिल्लाको मरिण गाउँपालिका ७ बाट नक्कली प्रहरी बनि हिँडेका सिञ्जा गाउँपालिका ६ रुगा जुम्लाका घर भएका निर्जल शाही भन्ने विष्णुबहादुर शाहीलाई पक्राउ गरेको हो ।
मरिण गाउँपालिकाको विभिन्न स्थानमा शाहीले जेठ १८ गते देखि प्रहरी हुँ भनी प्रहरीको अर्ध पोशाक लगाई रकम असुल्दै डर त्रास देखाउँदै आएको प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
मरिण गाउँपालिका ६ छाप बस्ने विमल आरणले सत्य तथ्य बुझी आवश्यक कारबाही गर्न जेठ २२ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिएका थिए । घटना सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले म्जनाएको छ।