मंगलवार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा नेकपा (बहुमत)का संयोजक बास्तोलासहितको टोलीले २०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।
नेकपाका तर्फबाट संयोजक बास्तोलाले जेलमा रहेका आफ्ना पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गरेका छन् ।भेटमा सरकारी पक्षबाट गृहमन्त्री खाणसहित गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणीन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट पार्टी संयोजक बास्तोलासहित पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली, नेताहरू गुणराज लोहनी, दीपक चलाउने सहभागी थिए ।