Media Network

नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता


खबरस्टोरी संवाददाता

११ असार २०७९,शनिबार

काठमाडौँ । नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच शुक्रबार पार्टी एकता भएको छ । 

काठमाडौँमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (बहुमत) र मञ्चका नेताहरूले विजयभावमा एकापसमा हात समातेर पार्टी एकता भएको घोषणा गरेका हुन् । नेकपा (बहुमत) का संयोजक एवम् कार्यक्रमका अध्यक्ष धमेन्द्र खनाल कञ्चनले पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै न्यूनतम् कार्यक्रम जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद, कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति र राजनीतिक कार्यनीति स्वाधीन संयुक्त सरकार आजको आवश्यकता रहेको कुरामा सहमत हुँदै पार्टी एकता गरिएको बताए । 

कार्यक्रममा बोल्दै आगामी दिनमा छरिएर रहेका क्रान्तिकारी शक्ति र जनतालाई पनि एक बनाउँछौँ र दलाल पुँजीवादी व्यवस्था अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्छौं ।’उनले भने

कार्यक्रममा उपस्थित नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका कार्यालय सदस्यहरू, सचिवालय सदस्यहरू, आयोजक समितिका सदस्यहरू, जनसमाजवादी मञ्चका संयोजक एवम् सदस्यहरू र कार्यकर्ताहरूलाई स्वागत गर्दै नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले नेकपाको इतिहासमा २०१९ सालदेखि टुट, फुट, विभाजन र क्रान्तिकारी ध्रुवीकणको प्रक्रिया चलिरहेको इतिहास प्रस्तुत गरे । पार्टी एकता कार्यक्रममा नेकपा (क्रान्तिकारी) का गणेश थापा मिलन, आशीष चौधरी, सफल राई, साजन, सरोज ओझा अठोट, वीरबहादुर तामाङ, राममाया बर्देबा, पार्वती बर्देवा नेहालगायत ६ जना नेकपा (बहुमत) मा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई नेकपा (बहुमत) का नेताहरूले हात मिलाएर स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन बाबुराम गजमेरले गरेका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद