प्रहरीले नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाई गिरप्तार गरेको भनि उनका पार्टीका केन्द्रीय सदस्य दीपक चलाउनेले फेसबुकमा जानकारी दिदै रिहाईको माग गरेका छन् । उनले लेखेका छन् ‘हाम्रो पार्टि नेकपा (बहुमत) का संयोजक कमरेड कञ्चनलाई प्रहरीले गिरफ्तार गरेको छ । षडयन्त्रपुर्ण गिरफ्तारिको घोर निन्दा गर्दै तुरूुन्त रिहाईको माग गर्दछु ।’ बास्तोलाई उनकै घरबाट गिरप्तार गरिएको जनाइएको छ । उनलाई किन र के कारणले गिरप्तार गरिएको हो भन्ने विषय खुलाइएको छैन् ।
बहुमत निकट एक नेताका अनुसार अहिले आफुहरुले एमसीसी विरोधी राष्ट्रभक्त उम्मेदवार हरुलाई सघाउन नीति लिएको भएता पनि सरकरले पार्टीका संयोजकलाई गिरप्ता गरी संविधान र लोकतन्त्रकै खिल्ली उडाएको बताएका छन् । उनले भने ‘ यो सरकारले शान्ति चाहेको छैनन् । आफै हिंसाभट्काउने बाटोति अघि बढीरहेको छ । यसरी षडयन्त्रपूर्ण तरिकाले गरिएको गिरप्तारीको घोर निन्दा र भत्सना गर्दै तुरुन्त रिहाईको माग गर्दछौँ’ ।
केही दीन अघि मात्रै नेकपा (बहुमत) स्थानिय तहको निर्वाचन उपयोग गर्ने विषयमा विवाद हुँदा विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरी नेकपा (बहुमत) गठन गरेको थियो ।