Media Network

नेकपा एमाले सबै भन्दा पुरानो र मुलधारको पार्टी हो : केपी ओली


खबरस्टोरी संवाददाता

९ चैत्र २०७८,बुधबार

काठमाडौँ । नेपका (एमाले) का अध्यक्ष केपी ओलीले एमाले नेपालको सबै भन्दा पुरानो र मुलधारको पार्टी भएको दाबी गरेका छन् । 

बुधवार बसेको केन्द्रीय समिती बैठकमा बोल्दै ओलीले भने, 'वि.स. ९१९१ सालमा स्थापना भएको प्रजापरिषद् पनि एमालेमा समावेश भएको छ ।  लोकतान्त्रीक आन्दोलनको मुलधार एमाले हो।' 

त्यस्तै  इतिहासको बिरासत आफुहरुसँग भएको भन्दै ओलीले एमाले नै देशको पुरानो र मुलधारको पार्टी भएको जीकीर गरे । 

आगामी दिनमा हुने निर्वाचनको धेरै महत्व भएको त्यस मध्य पनि स्थानिय तहको निर्वाचन झनै महत्व भएकोले केन्द्रीय सदस्यहरुलाई प्रभावकारी ढंकबाट निर्वाचन तयारी जुट्न समेत ओलीले निर्देशन दिए । यदि स्थानिय तहमा जित हासिल गर्न सकिएन भने केन्द्रमा बहुमत ल्याएपनि सहज नहुने ओलीको भनाइ थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद