Media Network

नेकपा एमालेको दोस्रो बैठक जर्मन पार्टी प्यालेसमा बस्ने


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७८,मंगलवार

काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । 

यहिँ मंसिर २५ र २६ गते बस्ने बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्ने पार्टी सचिव पद्मा अर्यालले बताएकी छन् ।  

सचिव अर्यालका अनुसार बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । साथै बैठकको मिति भने चितवनस्थित दशौं राष्ट्रिय महाधिवेशनको हलमै अध्यक्ष ओलीले घोषणा गरिसकेका थिए । 

महाधिवेशनपछिको पहिलो बैठक भने चितवनको सौराहामै बसेको थियो भने दोस्रो बैठकको स्थान पार्टी केन्द्रीय कार्यालय थापाथलीमा मंगलबार बसेको महासचिव तथा सचिवहरूको बैठकले तय गरेको हो । 

एमालेले महाधिवेशन अघिसम्म केन्द्रीय कमिटीलगायतका बैठक च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा राख्दै आएको भएपनि महाधिवेशनपछि केन्द्रीय कमिटीको संख्या बढेर ३०१ भएपछि च्यासलमा स्थान अभाव हुने भएकाले बैठक भक्तपुरमा बस्न लागेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । 

उनका अनुसार केन्द्रीय कमिटीले स्थायी कमिटी र पोलिटब्युरो कमिटी गठन गर्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद