Media Network

नेकपा क्रान्तिकारी माओवादीबाट केन्द्रीय सदस्य कृष्ण गुरुङ निष्काशित


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७८,मंगलवार

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य कृष्ण गुरुङ लामो समयसम्म सम्पर्कमा नरहेको तथा अनुशासनहीन गतिविधिमा संलग्न रहेकाले निष्काशनमा परेका छन् । उनलाई पार्टीबाट निष्काशन गरिएको महासचिव मोहन वैद्यले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई कार्यालयबाट भेटेर कुरा गर्न खोज्दा भेट गर्न नचाहेको र आफैले विपक्षी पार्टीमा जानेबारे छलफल चलाएको स्वीकारेकाले पनि कारबाही गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद