Media Network

नेकपाको असन्तुष्ट समूहको भेलामा बास्तोलाले पेश गरे एकीकृत जनयुद्धको कार्यनीतिसहितको राजनीतिक प्रतिवेदन


खबरस्टोरी संवाददाता

२२ बैशाख २०७९,बिहीबार

काठमाण्डौँ । महासचिव विप्लवले पदमुक्त गरेका बास्तोला र ओली पक्षले चितवनमा तिन दिने राष्ट्रिय भेलाको अयोजना गरिरहेका छन् । 

बुधबारदेखि सुरु भएको राजनीतिक भेलाले पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई हटाउने निर्णय गरेसंगै पार्टीको संयोजकमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई संयोजक बनाउने प्रस्ताव गरेको जनाकारी गराइएको थियो । सोही भेलामा संयोजक कञ्चनले एकीकृत जनयुद्धको कार्यनीतिसहितको राजनीतिक प्रतिवेदन पेश गरिएको भेलामा सहभागि भएका एक नेताले जानकारी गराए । 

सो राजनीतिक प्रस्तावमा जनसंघर्षबाट सिर्जना भएको जनदवा, जनदवावबाट संयुक्त सरकारको निर्माण र अहिलेको संसदिय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको निर्माण, जननिर्वाचित न्यायपालिका, निर्वाचित कार्यकारी राष्ट्र प्रमुख लगायतका विषयलाई समावेश गरिएको जनाइएको छ । 

शिवगढीमा सम्पन्न भएको पार्टीको १२ औँ पूर्ण बैठकको निर्णय विपरित विप्लव र प्रकाण्ड गएको र उनीहरुले अहिलेको यो दलाल संसदिय व्यवस्थामा को निर्वाचनमा भाग लिरहेका जनप्रतिनिधिहरुलाई सघाउने काम गरेर पार्टीको निर्णयमाथि नै धावा बोलिरहेको आरोप लगाइएको छ । 

उक्त प्रतिवेदनमा विप्लव र प्रकाण्डलाई राजनीतिक दृष्ट्रिकोणले हेदा संसदिय संशोधनवादी, संगठनात्मक दृष्ट्रिकोणबाट निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, एकताको साटो आफ्नै कार्यकर्ताहरुलाई निषेध गर्ने, संघर्षको दृष्ट्रिकोणबाट आत्मसुरक्षावादी र अर्थिकरुपमा जुझारू अर्थविद्धहँदै सम्पूर्ण पार्टी र क्रान्तिलाई आत्मसमर्पण  र विसर्जनको बाटो तिर लगेको लगायतका आरोप लगाएका छन् । 

उक्त राजनीतिक प्रस्तावमा विभिन्न नेताहरुले समुहगत रुपमा छलफल गरिसकेको र अब टोली नेताले समुहगत छलफलको निष्कर्ष राख्ने र त्यसपछि संयोजक बास्तोलाले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिर्दै राजनीतिक प्रस्तावको विषयमा स्पष्ट पार्ने र सो पश्चता पार्टीका विभागहरु, संगठनहरुको संरचना, संघर्षका कार्यक्रम र विभिन्न मोर्चाहरुको विषयमा छलफल गरेर एउटा खाका तयार गर्ने कार्यक्रम रहेको र उक्त भेला भोली सम्म जारी रहने भेलामा सहभागि एक नेताले बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद