नेकपाको असन्तुष्ट समूहको भेलामा बास्तोलाले पेश गरे एकीकृत जनयुद्धको कार्यनीतिसहितको राजनीतिक प्रतिवेदन


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
नेकपाको असन्तुष्ट समूहको भेलामा  बास्तोलाले पेश गरे एकीकृत जनयुद्धको कार्यनीतिसहितको राजनीतिक प्रतिवेदन
काठमाण्डौँ । महासचिव विप्लवले पदमुक्त गरेका बास्तोला र ओली पक्षले चितवनमा तिन दिने राष्ट्रिय भेलाको अयोजना गरिरहेका छन् । 

बुधबारदेखि सुरु भएको राजनीतिक भेलाले पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई हटाउने निर्णय गरेसंगै पार्टीको संयोजकमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई संयोजक बनाउने प्रस्ताव गरेको जनाकारी गराइएको थियो । सोही भेलामा संयोजक कञ्चनले एकीकृत जनयुद्धको कार्यनीतिसहितको राजनीतिक प्रतिवेदन पेश गरिएको भेलामा सहभागि भएका एक नेताले जानकारी गराए । 

सो राजनीतिक प्रस्तावमा जनसंघर्षबाट सिर्जना भएको जनदवा, जनदवावबाट संयुक्त सरकारको निर्माण र अहिलेको संसदिय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको निर्माण, जननिर्वाचित न्यायपालिका, निर्वाचित कार्यकारी राष्ट्र प्रमुख लगायतका विषयलाई समावेश गरिएको जनाइएको छ । 

शिवगढीमा सम्पन्न भएको पार्टीको १२ औँ पूर्ण बैठकको निर्णय विपरित विप्लव र प्रकाण्ड गएको र उनीहरुले अहिलेको यो दलाल संसदिय व्यवस्थामा को निर्वाचनमा भाग लिरहेका जनप्रतिनिधिहरुलाई सघाउने काम गरेर पार्टीको निर्णयमाथि नै धावा बोलिरहेको आरोप लगाइएको छ । 

उक्त प्रतिवेदनमा विप्लव र प्रकाण्डलाई राजनीतिक दृष्ट्रिकोणले हेदा संसदिय संशोधनवादी, संगठनात्मक दृष्ट्रिकोणबाट निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, एकताको साटो आफ्नै कार्यकर्ताहरुलाई निषेध गर्ने, संघर्षको दृष्ट्रिकोणबाट आत्मसुरक्षावादी र अर्थिकरुपमा जुझारू अर्थविद्धहँदै सम्पूर्ण पार्टी र क्रान्तिलाई आत्मसमर्पण  र विसर्जनको बाटो तिर लगेको लगायतका आरोप लगाएका छन् । 

उक्त राजनीतिक प्रस्तावमा विभिन्न नेताहरुले समुहगत रुपमा छलफल गरिसकेको र अब टोली नेताले समुहगत छलफलको निष्कर्ष राख्ने र त्यसपछि संयोजक बास्तोलाले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिर्दै राजनीतिक प्रस्तावको विषयमा स्पष्ट पार्ने र सो पश्चता पार्टीका विभागहरु, संगठनहरुको संरचना, संघर्षका कार्यक्रम र विभिन्न मोर्चाहरुको विषयमा छलफल गरेर एउटा खाका तयार गर्ने कार्यक्रम रहेको र उक्त भेला भोली सम्म जारी रहने भेलामा सहभागि एक नेताले बताए ।