Media Network

नेकपालाई खारेज गराएका ऋषि कट्टेलको पार्टी निर्वाचनबाट बञ्चित


खबरस्टोरी संवाददाता

२६ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पुगेका ८० दल मध्ये ७९ दललाई मान्यता दिएको छ ।  

आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए ।

बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ । आयोगले कट्टेल नेतृत्वको नेकपालाई आउट गरेको छ । योसँगै नेकपा स्थानीय तहको निर्वाचनबाट बञ्चित भएको छ । 

ऋषि कट्टेलको नेकपाकै कारण माओवादी केन्द्र र एमालेबीच बनेको नेकपालाई सर्वोच्च अदालतले अवैध ठहर गर्दै पूर्ववत पार्टीहरुकै मान्यता दिएको थियो । 

आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो ।


स्थानीय तह निर्वाचनका लागि सूचीकृत हुन निवेदन दिएका ८० दलको सूची हेर्नुहोस् ः  




 

Share:
Reaction :
ताजा समाचार
खेलकुद